पलेशाको पहिलो प्रतिद्वन्द्वी बेलायतकी बेथ
काठमाडौं, १५ भदौ – नेपालका पारातेक्वान्दो खेलाडी पलेशा गोवर्धनले टोकियो पारालिम्पिकको पहिलो खेलमा बेलायती खेलाडी बेथ मुनरोसँग प्रतिस्पर्धा गर्ने भएकी छन्।
मंगलबार निकालिएको तालिकाअनुसार पलेशाले पहिलो खेलमा बेलायतकी बेथ मुनरोसँग खेल्ने तय भएको हो । पलेशाले के ४४ क्याटगोरीअन्तर्गत महिला ५८ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्ने छिन्।
शुक्रबार जित हासिल गरे क्वाटरफाइनलमा पलेशाले टर्कीकी गाम्जे गर्डसङ खेल्नेछिन् । पारालिम्पिकमा सहभागिता जनाउन एक खेलाडीसहित ६ सदस्यीय नेपाली टोली टोकियोमा छन्।
Facebook Comments Box

