नेता प्रदीप नेपालले अध्यक्ष माधवकुमार नेपालको साथ छाडे

१४ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादी गठनमा साथ दिएका नेता प्रदीप नेपालले अध्यक्ष माधवकुमार नेपालको साथ छाडेका छन् । सोमबार फेसबुकमा उनले आफूले माधव नेपालबाट धोका पाएको टिप्पणी गरेका छन् ।

पार्टीको मार्गदर्शक सिद्धान्तमा जनताको बहुदलीय जनवाद उल्लेख गर्नुपर्ने आफ्नो अडान रहेको भन्दै नेता नेपालले भनेका छन् ‘बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपचार लिएर जानुपर्ने भो । विदा ।’

नेता नेपालले आफू नेकपा एमालेमा भने नजाने उल्लेख गरेका छन् । उनले अध्यक्ष माधवकुमार नेपाललाई सम्बोधन गर्दै भनेका छन्, ‘तपाईं पनि झेली कुरा गर्न सिक्नुभएछ ।’

Facebook Comments Box