काठमाडौँ उपत्यकामा ४२७ जना सहित देशभर थप १ हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २४ असार – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४२७ जना सहित देशभर थप १ हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २८७, भक्तपुरमा ५८ र ललितपुरमा ८२ जनामा संक्रमण देखिएको छ ।

यस्तै, देशभरको प्रयोगशालामा ५ हजार ३७४ आरटी पीसीआर तथा ५ हजार १३० एन्टीजेन परिक्षण सहित १० हजार ५०४ जनाको परिक्षण गर्दा १ हजार ८७५ जनामा संक्रमण देखिएको हो । यो सँगै कोरोना संक्रमितको कुल संख्या ६ लाख ९२ हजार ८५९ रहेको छ भने सक्रिय संक्रमितको संख्या २६ हजार ४४७ रहेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार २८६ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख १५ हजार ६१३ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ३२० रहेको छ

Facebook Comments Box