नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोरले पदबाट राजीनामा दिए

काठमाडौँ, ११ भदौ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोरले पदबाट राजीनामा दिएका छन् । अमेरिका र ओमानसँगको त्रिदेशीय श्रृंखलाका लागि राष्ट्रिय टोली लिएर ओमान पुगेका वाटमोरले इमेलमार्फत राजीनामा पठाएको बुझिएको छ । अस्ट्रेलियन सञ्चारमाध्यमले सामाजिक सञ्जाल ट्वीटरमार्फत वाटमोरले राजीनामा दिएको जानकारी दिएको छ ।

‘डेभ वाटमोरले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका छन्,’ न्युज नाइनले भनेको छ, ‘वाटमोरले यसबारे केही नबोले पनि उनको व्यवस्थापन टोलीले फर्स्ट स्पोर्ट्स इभेन्टले न्युज नाइनसँग पुष्टि गरेको छ ।’

यद्यपि, नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता तथा महासचिव अशोकनाथ प्याकुरेलले भने औपचारिक जानकारी नभएको प्रतिक्रिया दिए ‘मलाई पनि २-४ जना साथीहरूले भन्नु भएको छ,’ प्रवक्ता प्याकुरेलले भने, ‘म भोलि बिहानसम्म कन्फर्म गरेर खबर गर्छु ।’

Facebook Comments Box