काठमाडौँ उपत्यकामा ९६४ जना सहित देशभर थप ३ हजार १८१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २७ साउन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ९६४ जना सहित देशभर थप ३ हजार १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६६३, भक्तपुरमा १०९ र ललितपुरमा १९२ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा १० हजार ९०७ आरटी पीसीआर तथा ५ हजार ७४९ एन्टीजेन परिक्षण सहित १६ हजार ६५६ जनाको परिक्षण गर्दा ३ हजार १८१ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ७ लाख ९५ हजार ३९१ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३८ हजार ३३ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार ८८५ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख ७५ हजार ८३ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १० हजार १८० रहेको छ ।

