क्रोएसिया र मोरोक्को विश्वकप फुटबलमा बराबरी
काठमाडौँ, ७ मङ्सिर – क्रोएसिया र मोरोक्कोले कतारमा जारी विश्वकप फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन् । समूह ‘एफ’ अन्तर्गत बुधबार भएको खेलमा क्रोएसिया र मोरोक्को गोलरहित बराबरीमा रोकिएको हो ।
साविक उपविनजेता क्रोएसियाले बल पोसेसनमा पकड जमाएपनि गोल गर्न सकेन । मोरोक्कोले पनि केही अवसर गुमाएको थियो । बराबरीसँगै दुवै टोलीले एक एक अंक बाँडेका छन् । यही समूहको अर्को खेलमा आज (बुधबार) राति १२:४५ बजे बेल्जियम र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ ।
Facebook Comments Box

