काठमाडौँ उपत्यकामा ९५९ जना सहित देशभर थप ३ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २५ साउन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ९५९ जना सहित देशभर थप ३ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६२४, भक्तपुरमा १७० र ललितपुरमा १६५ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा १० हजार ४४५ आरटी पीसीआर तथा ६ हजार १४९ एन्टीजेन परिक्षण सहित १६ हजार ५९४ जनाको परिक्षण गर्दा ३ हजार ६५१ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ७ लाख ८७ हजार ६ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३६ हजार २८८ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार ७८४ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख ७१ हजार ८३ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १० हजार ११५ रहेको छ ।

