सर्वत्र असफल व्यक्ति बारम्बार सत्ता समाल्न पुगे : वरिष्ठ नेता रामचन्द्र पौडेल

काठमाडौँ, २५ साउन – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापित शेरबहादुर देउवालाई महाधिवेशन गर्न नसकेको भन्दै कडा टिप्पणी गरेका छन् ।

पार्टी विधानअनुसार हरेक चार वर्षमा गरिसक्नु पर्ने महाधिवेशन थपिएको साढे एक वर्ष वितिसक्दा पनि हुन नसकेको भन्दै नेता पौडेलले नेतृत्वको चरम लापरबाही र असफलता भएको बताएका हुन् । नेतृत्वले नै नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्‍याएको उनको टिप्पणी छ ।

‘यहाँभन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापरबाही अरु के हुन्छ ? ‘ पौडेलले भनेका छन्, ‘यो देशकै विडम्बना हो ।’  नेता पौडेलले सभापति देउवालाई संकेत गर्दै सर्वत्र असफल व्यक्ति बारम्बार सत्ता समाल्न पुगेको आरोपसमेत लगाएका छन् ।

Facebook Comments Box