आज देशभर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ, २५ साउन -आज देशका धेरैजसो स्थानमा मौसम आंशिकदेखि सामान्यसम्म बदली छ भने केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश नं १ , लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ।

यस्तै राति पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म् वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश नं १ का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा पनि हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।  मौसम महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

Facebook Comments Box