काठमाडौँ उपत्यकामा ९१० जना सहित देशभर थप ३ हजार २१८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २३ साउन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ९१० जना सहित देशभर थप ३ हजार २१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५९३, भक्तपुरमा १२८ र ललितपुरमा १८९ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ८ हजार ८६६ आरटी पीसीआर तथा ४ हजार ७०७ एन्टीजेन परिक्षण सहित १३ हजार ५७३ जनाको परिक्षण गर्दा ३ हजार २१८ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ७ लाख ८० हजार ८०७ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३५ हजार ४३२ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार ७२२ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख ६७ हजार २८० पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १० हजार ३८ रहेको छ

Facebook Comments Box