नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक साउन २८ गते
काठमाडौं, २२ साउन – नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। साउन २८ गते दिउँसो २ बजे पार्टी मुख्यालय सानेपामा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको हो।
बैठकमा पार्टीको चौधौं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थित हुन भनिएको छ।
Facebook Comments Box

