काठमाडौँ उपत्यकामा ७०१ जना सहित देशभर थप ३ हजार ७२९ जनामा कोरोना संक्रमण पुष्टि : मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

काठमाडौं, २२ साउन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७०१ जना सहित देशभर थप ३ हजार ७२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४७१, भक्तपुरमा ८३ र ललितपुरमा १४७ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ९ हजार ४९३ आरटी पीसीआर तथा ६ हजार १८२ एन्टीजेन परिक्षण सहित १५ हजार ६७५ जनाको परिक्षण गर्दा ३ हजार ७२९ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ७ लाख ७७ हजार ५८९ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार ८८५ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख ६५ हजार ५४८ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १० हजार १९ रहेको छ

Facebook Comments Box