रेडियो मेलम्चीको प्रसारणमा पुनः समस्या
सिन्धुपाल्चोक, १८ साउन – रेडियो मेलम्चीको प्रसारणमा पुनः समस्या आएको छ । यही साउन १६ गते मेलम्चीमा ठूलो बाढी आएसँगै विद्युत्का पोल ढल्दा अप्टिकल फाइबरसमेत लछारेर दुबाचौरस्थित टावरसँगको सम्पर्क विच्छेद हुँदा प्रसारणमा समस्या आएको हो । बजार क्षेत्रबाट अप्टिकल फाइबरले लिङ्क गरेर रेडियो सञ्चालनमा ल्याइएको थियो ।
अहिले दुबाचौरबाट नै रेडियो सञ्चालन गरिरहेको रेडियोका अध्यक्ष डम्बर रसिक भारतीले जानकारी दिनुभयो । दुबाचौरमा अहिले बत्तीसमेत नहुँदा जेनेटर चलाएर रेडियो सञ्चालन गर्नु परेको उहाँले बताउनुभयो । साबिकको प्रसारण समयानुसार रेडियो सञ्चालन गर्ने हो भने दैनिक तेल खर्च धान्न गाह्रो हुने उहाँको भनाइ छ ।
खर्च थेग्न मुस्किल भएकाले अहिले रेडियो दिउँसो प्रसारण बन्द गर्ने रेडियोका प्रशासन प्रमुख सागर खड्काले जानकारी दिनुभयो । बत्ती नियमित भई लिङ्कसमेत तयार भएपछि मात्रै रेडियो पूर्ण रुपमा सञ्चालन गर्न सकिने उहाँको भनाइ छ ।
यसअघि गत असार १ को भीषण बाढीले रेडियो भवन पुरिएकामा साउन १६ गते फेरि आएको बाढीले रेडियो भवन बगाएको छ । समुदायको सहयोगमा बनेको रेडियो भवन पूर्ण रुपमा नष्ट भएपछि झनै दुःख लागेको रेडियोका अध्यक्ष भारतीले बताउनुभयो । “रेडियोको संस्थागत विकास गर्ने लक्ष्यस्वरुप गरिएको दुःख सबै खेर गएको छ ।
सयौँ जनाको आर्थिक सहयोग, हजारौँको सद्भावमा अघि बढ्ने कोसिस गर्दागर्दै पछारिने गरी ठेस लागेको छ”, उहाँले भन्नुभयो, “उठ्ने प्रयासमा छौँ, समुदायको माया नै हाम्रो ऊर्जा हो । अरू विकल्प त केही पनि छैन ।”
रेडियो मेलम्चीको प्रसारणमा पुनः समस्या आएको छ । यही साउन १६ गते मेलम्चीमा ठूलो बाढी आएसँगै विद्युत्का पोल ढल्दा अप्टिकल फाइबरसमेत लछारेर दुबाचौरस्थित टावरसँगको सम्पर्क विच्छेद हुँदा प्रसारणमा समस्या आएको हो । बजार क्षेत्रबाट अप्टिकल फाइबरले लिङ्क गरेर रेडियो सञ्चालनमा ल्याइएको थियो ।