भुटानले नेपाललाई कोरोना भाइरसविरुद्ध अस्ट्राजेनेका कम्पनीका ३ लाख डोज खोप सहयोग गर्ने

भुटानले नेपाललाई कोरोना भाइरसविरुद्ध अस्ट्राजेनेका कम्पनीका ३ लाख डोज खोप सहयोग गर्ने भएको छ। आफ्ना नागरिकलाई लगाइसकेपछि उब्रिने खोप भुटानले नेपाललाई दिने भएको हो। ती खोप चाँडै ल्याउनेगरी कूटनीतिक पहल भइरहेको सरकारी स्रोतले जनाएको छ।

यस विषयमा गत शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को बैठकमा पनि छलफल भएको थियो। कोभ्याक्सअन्तर्गत अमेरिकाले ५ लाख डोज मोडर्ना, ५ हजार ८ सय ५० फाइजर, २ लाख ५० हजार अस्ट्राजेनेका कम्पनीका खोप उपलब्ध गराएको भुटानमा क्रोएसिया, बुल्गेरियालगायत अन्य देशले पनि अस्ट्राजेनेकाकै १ लाख र सिनोफार्मका ५० हजार डोज खोप ल्याइएका थिए। ७ लाख ८० हजार जनसंख्या रहेको भुटानमा खोप बाँकी रहने देखिएपछि नेपाललाई अस्ट्राजेनेका कम्पनीका खोप सहयोग गर्न लागेको हो।

Facebook Comments Box