काठमाडौं जिल्लामा भेरोसेल खोप अभियान स्थगित

काठमाडौँ, १ साउन – खोपको मौज्दात सकिएपछि काठमाडौं जिल्लामा भेरोसेल खोप अभियान स्थगित भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले विज्ञप्ति जारी गर्दै खोप सकिएकाले तत्काल अभियान स्थगित गर्नुपरेको जनाएको छ ।

साउन २ गतेसम्म भेरोसेल लगाउने भनिएकोमा अर्को सूचना नभएसम्म अभियान रोकिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाइएको छ ।

Facebook Comments Box