नेकपा एमाले बोलाएको संसदीय दलको बैठकमा माधव नेपाल पक्ष नजाने

काठमाडौँ, ३१ असार – नेकपा एमाले बोलाएको संसदीय दलको बैठकमा माधव नेपाल पक्ष नजाने भएको छ। सरकारबाट बाहिरिएपछि पहिलोपटक संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार बैठक बोलाएका छन् । नेपाल पक्षका सांसद तथा केन्द्रीय सदस्य मेटमणि चौधरीले बैठकमा नजाने सल्लाह भएको जानकारी दिए।

पुनःस्थापित संसदमा एमालेको भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको प्रमुख सचेतक विशाल भट्टराईले बताए । बैठकमा नेपाल पक्षका सांसदलाई पनि खबर गरिएको उनले जानकारी दिए ।

Facebook Comments Box