मन्त्रिपरिषद बैठकले साउन ३ गतेका लागि संसद बैठक बोलाउन सिफारिस
काठमाडौँ, ३१ असार – सरकारले साउन ३ गतेका लागि संसद बैठक बोलाउन सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पुनर्स्थापित प्रतिनिधि सभाको बैठक साउन ३ गते बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको हो।
सोही दिन राष्ट्रिय सभाको बैठकसमेत बोलाउन सिफारिस गरिएको छ। असार २८ गते सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्दै ३ गतेभित्र बैठक बोलाउन आदेश दिएको थियो।
Facebook Comments Box

