एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै ठाउँ छैन : अध्यक्ष केपी शर्मा ओली

काठमाडौँ, ३० असार – निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै ठाउँ नरहेको बताएका छन्।

नेता नेपालले गर्दा नै आफू नेतृत्वको सरकार बहिर्गमन भएको दाबी गर्दै निजी निवास बालकोट पुगेर सम्बोधन गर्ने क्रममा ओलीले भने, ‘पार्टीलाई आत्मालोचना गर्दै कमजोरी स्वीकारेर आए अन्यलाई एकपटक पार्टीमा मौका दिन सकिन्छ। तर, माधव नेपालले अब आत्मालोचना गरेर फर्किए पनि पार्टीमा स्वीकार्ने कुनै पनि ठाउँ छैन।’

ओलीले नेता नेपाललाई विश्वासघाती भएको आरोप लगाउँदै लाज सरम हराएका मान्छेको रूपमा चित्रण गरे। ​

Facebook Comments Box