आजको मौसम कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने सम्भावना
काठमाडौँ, २९ भदौ – मनसुनको न्यून चापीय रेखा सरदर स्थान वरिपरि सक्रिय रहेकाले आज देशभर साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानसहित देशका अन्य पहाडी तथा तराईका केही स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ।
त्यसैगरी, राति पनि देशभर बदली रहने विभागले जनाएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा र तीमध्ये कोशी, मधेस, लुम्बिनी तथा गण्डकीका पहाडी भागका एकदुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
Facebook Comments Box

