रेडियो मेलम्चीको भवन बाढीले डुबायो

सिन्धुपाल्चोक, २ असार – सिन्धुपाल्चोकको मेलम्ची बजारमा रहेको रेडियो मेलम्चीको भवन बाढीले डुबाएको छ । मंगलबार दिउँसोदेखि मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले मेलम्ची बजारमा रहेको रेडियोमा ३ तले भवनको २ तलासम्म डुबाएको छ ।

रेडियोको सम्पूर्ण सामग्री क्षतिग्रस्त भएको र करिब ५० लाख हाराहारी क्षति भएको स्टेशन म्यानेजर देवराज सुवेदीले बताएका छन् । रेडियोको सम्पूर्ण डकुमेन्ट, उपकरण, ल्यापटप लगायतका सामग्री बाढीले बगाएको छ । दोस्रो तलासम्म लेदोले पुरिएको र तेस्रो तलाको अलिकति भाग देखिएको छ । बाढीले मेलम्ची बजार डुबानमा परेपछि स्थानीयहरु बजारमाथि रहेको इन्द्रेश्वरी माविमा आश्रय लिएर बसिरहेका छन् ।

Facebook Comments Box