आज पनि देशका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षा हुने : सतर्कता अपनाउन अनुरोध

काठमाडौं, २ असार – बुधबार पनि देशका अधिकांश स्थानमा हल्कादेखि धेरै भारीसम्म वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही दिनयता देशभरजसो लगातार वर्षाका कारण बाढी तथा पहिरोले मनाङ, सिन्धुपाल्चोकलगायत जिल्लामा विध्वंस मच्चाइरहेको छ।

बुधबार बिहान पनि गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको महाशाखाले जनाएको छ।यस्तै आज दिउँसो देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म् र कर्णाली, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावन रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी र गण्डकी प्रदेशको थोरै स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति पनि देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा जारी रहने सम्भावना छ भने कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना छ। महाशाखाले सतर्कतका लागि आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

 

Facebook Comments Box