काठमाडौँ उपत्यकामा ७१५ सहित देशभर थप २ हजार ६५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ११ भदौ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७१५ सहित देशभर थप २ हजार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५५४, भक्तपुरमा ९२ र ललितपुरमा १६९ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ८ हजार ७५२ आरटी पीसीआर तथा ४ हजार ३६५ एन्टीजेन परिक्षण सहित १३ हजार ११७ जनाको परिक्षण गर्दा २ हजार ६५ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख ३८ हजार ९४८ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३७ हजार ५९९ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप ३ हजार ३३७ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ८ हजार ३० पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १० हजार ६६३ रहेको छ ।

