काठमाडौँ उपत्यकामा ६०७ जना सहित देशभर थप २ हजार ९१८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ३१ जेठ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६०७ जना सहित देशभर थप २ हजार ९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३९६, भक्तपुरमा ६६ र ललितपुरमा १४५ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा ९ हजार ४३८ आरटी पीसीआर तथा ५ हजार ३८१ एन्टीजेन परिक्षण सहित १४ हजार ८१९ जनाको परिक्षण गर्दा २ हजार ९१८ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ६ लाख ३१ हजार ८६० रहेको छ भने सक्रिय संक्रमितको संख्या ६५ हजार ८०४ रहेको छ ।
यसैगरी, पछिल्लो २४ घण्टामा थप ५ हजार १४७ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ५ लाख ३६ हजार २५२ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ८ हजार ४६५ रहेको छ

Facebook Comments Box