काठमाडौँ उपत्यकामा २ हजार ५७ जना सहित देशभर थप ६ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २० जेठ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ५७ जना सहित देशभर थप ६ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ६३०, भक्तपुरमा १२९ र ललितपुरमा २९८ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा १८ हजार ५६२ आरटी पीसीआर तथा ३ हजार २११ एन्टीजेन परिक्षण सहित २१ हजार ७७३ जनाको परिक्षण गर्दा ६ हजार ८२५ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ५ लाख ७६ हजार ९३६ रहेको छ भने सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ८३९ रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ८३१ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप ५ हजार ९०४ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ४ लाख ६४ हजार ४६७ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ७५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ७ हजार ६३० रहेको छ

Facebook Comments Box