काठमाडौँ उपत्यकामा १ हजार ५५८ जना सहित देशभर थप ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १८ जेठ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ५५८ जना सहित देशभर थप ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ८०, भक्तपुरमा २१५ र ललितपुरमा २८३ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा १७ हजार १४७ आरटी पीसीआर तथा ३ हजार १८ एन्टीजेन परिक्षण सहित २० हजार १६५ जनाको परिक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ५ लाख ६६ हजार ५८७ रहेको छ भने सक्रिय संक्रमितको संख्या १ लाख ४ हजार ७८९ रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ७२५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप ६ हजार ८९८ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ७ हजार ४५४ रहेको छ

Facebook Comments Box