जसपा ठाकुर पक्षको कारबाही, अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन

काठमाडौं, १८ जेठ – जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको छ।

यादवले ठाकुर पक्षका चार नेतालाई निष्कासन गरेको केहीबेरपछि ठाकुर पक्षले पनि यादवलाई कारवाही गरेको हो। ठाकुर पक्षका एक नेताले दिएको जानकारी अनुसार यादवलाई कारबाही गरिएको पत्र तयार भइसकेको छ अब त्यसलाई निर्वाचन आयोग पठाइने छ।

मंगलबार दिउँसो यादवले ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गरेका थिए। यसैबीच ठाकुर पक्षको अहिले आन्तरिक छलफल भइरहेको छ। पार्टीबाट निष्कासन गरेपछि आगामी दिन कसरी अघि बढ्ने भन्ने बारेमा छलफल भइरहेको हो।

Facebook Comments Box