काठमाडौँ उपत्यकामा १ हजार २६३ जना सहित देशभर थप ४ हजार ७६२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १७ जेठ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार २६३ जना सहित देशभर थप ४ हजार ७६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ८९०, भक्तपुरमा १२१ र ललितपुरमा २५२ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा १५ हजार ५५ आरटी पीसीआर तथा २ हजार ४२५ एन्टीजेन परिक्षण सहित १७ हजार ४८० जनाको परिक्षण गर्दा ४ हजार ७६२ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ५ लाख ६१ हजार ३०२ रहेको छ भने सक्रिय संक्रमितको संख्या १ लाख ६ हजार ४७० रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ६८९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप ६ हजार ४९१ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ४ लाख ४७ हजार ४४६ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ७ हजार ३८६ रहेको छ

