काठमाडौँ उपत्यकामा २ हजार ३२८ जना सहित देशभर थप ८ हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ८ जेठ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ३२८ जना सहित देशभर थप ८ हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ८११, भक्तपुरमा १७९ र ललितपुरमा ३३८ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा १९ हजार ५५७ आरटी पीसीआर तथा ७४८ एन्टीजेन परिक्षण सहित २० हजार १०५ जनाको परिक्षण गर्दा ८ हजार ९८० जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ५ लाख ५ हजार ६४३ रहेको छ भने सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८०६ रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ८८६ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप ८ हजार ८४८ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १२९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ६ हजार १५३ रहेको छ

