काठमाडौँ उपत्यकामा २ हजार ४४७ जना सहित देशभर थप ८ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ७ जेठ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ४४७ जना सहित देशभर थप ८ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ७५२, भक्तपुरमा २९५ र ललितपुरमा ४०० जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा २२ हजार ३५३ जनाको आरटी पीसीआर तथा ८७३ जनाको एन्टीजेन सहित २३ हजार २२६ जनाको परिक्षण गर्दा ८ हजार ६०७ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ४ लाख ९७ हजार ५२ रहेको छ भने सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार १९२ रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ९१२ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ यस्तै, पछिल्लो २४ घण्टामा थप ७ हजार ८९० जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ३ लाख ७४ हजार ८३६ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १७७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ६ हजार २४ रहेको छ ।

Facebook Comments Box