काठमाडौँ उपत्यकामा २ हजार ६०९ जना सहित देशभर थप ७ हजार ३६८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २ जेठ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ६०९ जना सहित देशभर थप ७ हजार ३६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ८८१, भक्तपुरमा २९२ र ललितपुरमा ४३६ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा १९ हजार ५३९ आरटी पीसीआर तथा ३४४ एन्टीजेन परिक्षण सहित १९ हजार ८८३ जनाको परिक्षण गर्दा ७ हजार ३६८ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ४ लाख ५५ हजार ७२ रहेको छ भने सक्रिय संक्रमितको संख्या १ लाख १० हजार २६३ रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ७०१ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप ६ हजार ६४८ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ३ लाख ३९ हजार ७५६ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ४ हजार ८१४ रहेको छ

Facebook Comments Box