नेपाललाई आपतकालीन सहयोगको खाँचो : विश्व स्वास्थ्य संगठन
जेनेभा, १ जेठ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस एडहानोमले नेपाललगायत दक्षिण एसियाली मुलुकहरुलाई आपतकालीन सहयोगको आवश्यकता रहेको बताउनु भएको छ ।
शुक्रबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा उहाँले भारत मात्रै होइन अन्य मुलुकलाई पनि आपतकालीन सहयोगको आवश्यकता रहेको बताउनुभयो । पत्रकार सम्मेलनमा उहाँले ‘नेपाल, श्रीलंका, भियतमान, कम्बोडिया, थाइल्याण्ड र इजिप्टले बढ्दो संक्रमण र उपचारको सामना गरिरहेका कुरा बताउनुभयो ।
उहाँले ती मुलुकहरुमा खोपको आपूर्ति सबैभन्दा ठूलो समस्याको रुपमा रहेको समेत बताउनुभएको छ । यद्यपि गत हप्ता खोप उत्पादक र नेताहरुले उत्पादन क्षमता बढाउन काम गरिरहेकाले आफूलाई केही खुशी लागेको बतायनुभयो ।
Facebook Comments Box

