काठमाडौँ उपत्यकामा २ हजार ९३७ जना सहित देशभर थप ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १ जेठ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ९७५ जना सहित देशभर थप ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार १४६, भक्तपुरमा ३४७ र ललितपुरमा ४४४ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा १७ हजार ९७१ जनाको आरटी पीसीआर तथा ५७७ जनाको एन्टीजेन सहित १८ हजार ५४८ जनाको परिक्षण गर्दा ८ हजार १६७ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ४ लाख ४७ हजार ७०४ रहेको छ भने सक्रिय संक्रमितको संख्या १ लाख ९ हजार ७४० रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ६७५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ यस्तै, पछिल्लो २४ घण्टामा थप ५ हजार ४५५ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ३ लाख ३३ हजार १०८ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १८७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ४ हजार ८५६ रहेको छ ।

Facebook Comments Box