काठमाडौँ उपत्यकामा ३ हजार ५६२ जना सहित देशभर थप ८ हजार ९६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ३० वैशाख – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ५६२ जना सहित देशभर थप ८ हजार ९६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ७३३, भक्तपुरमा ३४८ र ललितपुरमा ५८१ जनामा संक्रमण देखिएको छ ।यस्तै, देशभरको प्रयोगशालामा १९ हजार ४७४ जनाको आरटी पीसीआर तथा ७७१ जनाको एन्टीजेन सहित २० हजार २४५ जनाको परिक्षण गर्दा ८ हजार ९६० जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ४ लाख ३१ हजार १९१ रहेको छ भने सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ४९७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ यस्तै, पछिल्लो २४ घण्टामा थप ५ हजार ५५ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ३ लाख २१ हजार ५१८ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २१४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ४ हजार ४४६ रहेको छ ।

Facebook Comments Box