काठमाडौँ उपत्यकामा ८७२ जना सहित देशभर थप २ हजार ६१८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ११ वैशाख – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८७२ जना सहित देशभर थप २ हजार ६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६४४, भक्तपुरमा ८७ र ललितपुरमा १४१ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा ७ हजार ५२५ आरटी पीसीआर तथा १ हजार ४३ एन्टीजेन परिक्षण सहित ८ हजार ५६८ जनाको परिक्षण गर्दा २ हजार ६१८ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ९७ हजार ८७ रहेको छ भने सक्रिय संक्रमितको संख्या १६ हजार ८२८ रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ७१ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप ३६८ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ७७ हजार १२३ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ३ हजार १३४ रहेको छ ।

Facebook Comments Box