नेपाल १४२ रनले विजय सहित त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट ट्रफी हात पार्न सफल

काठमाडौँ, ११ वैशाख – त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेटमा नेपाल १४२ रनले विजय सहित ट्रफी हात परेको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गर्न मैदानमा उत्रेको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतीमा २३८ रन बनाएको हो ।
नेपालका लागी कुसल भुर्तेलले ७७, कुसल मल्लले ५० र करण केसीले ४८ रन बनाउनु भयो । त्यस्तै नेदरल्याण्डसका लागी फिलिप केसभ्यान २ र सेबेस्टान बार्टले १ विकेट लिनुभयो

२३८ रनको लक्ष लिएर मैदानमा उत्रेको नेदरल्याण्डस नेपालमा वलर सामु टिक्न सकेन्न र १७.२ ओभरमा सवै खेलाडी गुमाएर जम्मा ९६ रन मात्र बनाउन सक्यो र खेल १४२ रन बाट हार्न पुग्यो । नेपालका लागी करण केशीले ३ सन्दिप लामिछाने र कमल अइरीले २—२ र अभिनास बोहराले १ विकेट लिनुभयो र नेपालले ट्फि आफ्नो पोल्टामा बनाउन सफल भयो ।

Facebook Comments Box