काठमाडौँ उपत्यकामा २११ जना सहित देशभर थप ५६९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ३० चैत – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २११ जना सहित देशभर थप ५६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १५९ भक्तपुरमा ८ र ललितपुरमा ४४ जनामा संक्रमण देखिएको छ ।

यस्तै, देशभरको प्रयोगशालामा ५ हजार १०५ जनाको पीसीआर परीक्षण गर्दा ५६९ जनामा संक्रमण देखिएको हो । यो सँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार ५२४ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३ हजार ३०६ रहेको छ ।

यसैगरी, देशभरका क्वारेन्टाइनमा ८५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  यस्तै, पछिल्लो २४ घण्टामा थप १३८ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ७४ हजार १६५ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १३ जाना मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुने को संख्या ३ हजार ५३ रहेको छ ।

Facebook Comments Box