मेलम्चीको पानी आजदेखि काठमाण्डौ उपत्यकामा वितरण हुँदैछ ।
काठमाडौँ, १५ चैत – गएको फागुन २२ गते सुन्दरीजलको प्रशोधन केन्द्रमा हालिएको पानी अस्ति शुक्रवारदेखि विभिन्न ठाउँमा बनाइएका वितरण केन्द्रमा पठाइएको थियो । तिनै वितरण केन्द्रमा सङ्कलन गरिएको पानी आजदेखि उपभोक्ताको घरमा पठाइने मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो ।
पानी काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड केयूकेएलको पुरानै प्रणालीबाट वितरण गरिने छ । केयूकएलका अनुसार परीक्षणकाल भएकाले आज उपत्यकामा ४ करोड लिटर पानी मात्रै वितरण गर्ने तयारी छ । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तकाअनुसार उपभोक्ताको घरसम्म जोडिएको पाइपको परीक्षण गर्न झण्डै एक हप्ता लाग्नेछ ।
काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले आज वितरण हुने पानी पाइपको परीक्षणका लागि मात्र भएकाले पिउन नमिल्ने बताउनुभयो । उहाँका अनुसार परीक्षणपछि प्रशोधन गरेर पठाएपछि मात्रै पानी पिउन मिल्छ ।
खानेपानी सचिव माधव बेल्बासेले पुरानो वितरण संजालबाट पानी आउन्जेल निर्मलीकरणका घरेलु विधिलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
परिक्षणलाई सफल पार्न सबै पक्षको साथ र सहयोग अपरिहार्य भएकाले कुनै जानकारी लिन-दिन पैसा नलाग्ने फोन नम्बर ११३९ मा फोन गरेर जानकारी गराउन पनि उहाँले आग्रह गर्नुभयो ।
९/१० दिन विराएर आउने पानी अब दिनहुँ आउने भएको छ । सुरुमा दैनिक २ घण्टा पानी वितरण गर्ने योजना रहेपनि मेलम्चीको १७ करोड लिटर पानी आपूर्ति हुन थालेपछि दैनिक ६ घण्टाको दरले पानी वितरण गर्ने योजना रहेको मीनभवन वितरण केन्द्रका प्रमुख नारायण कणर्ले जानकारी दिनुभयो ।
आज महांकालचौरबाट वितरण हुने क्षेत्रहरु ः असन कमलाक्षी, नक्साल, त्रिपुरेश्वर, जय बागेश्वरी, देवकोटा सडक, बानेश्वर, रातेपूल, गौशाला, कालिमाटी डोल, पुरानो बानेश्वर, मिलन चोक, रातोपुल, हनुमान स्थान बबरमहल, कुरिया गाउँ आदि , केसर महल, इन बहाल, माली गाउँ, हाँडी गाउँ, विशाल नगर, चारखाल, डिल्ली बजार, बाग बजार, पुतलीसडक, माईतीघर, त्रिपुरेश्वर, चावहिल, सरस्वतीनगर, गणेशथान, कुटुबहाल, मित्रपार्क, चावहिल, क्षेत्रपाटी, डिल्लीबजार, घट्टेकुलोमा पानी बितरण हुने भएको छ ।
यसै्रगरी मीनभवनबाट वितरण हुने क्षेत्रहरु ः क्षितिजमार्ग, हनुमानमार्ग, बुद्धमार्ग, शंखमूल पश्चिम तर्फ विनायक नगरका क्षेत्रहरु । सुविधानगर, बासुकीनगर,
शान्तिगर गैरी गाउँका क्षेत्रहरु, मध्य वानेश्वर, मिलनचोक, संगमचोक र देउराली चोकका क्षेत्रहरु, शंखमूल रोड पूर्व, सुरुचि टोल, गणेशमार्ग, विज्ञान मार्ग,
थापागाउँ वानेश्वर हाईटका क्षेत्रहरु, भावना मार्ग, शान्ति मार्ग, हेम्स अस्पतालका क्षेत्रहरु, कुरिया गाउँका क्षेत्रहरु, प्रयागमार्ग, नापी हाईट र श्रीनगर १ र २ तथा हनुमान स्थानका क्षेत्रहरुमा पानी बितरण हुनेछ ।
यस्तै खुमलटार र अनामनगर वितरण केन्द्रबाट समेत आजै मेलम्चीको पानी वितरण हुने मेलम्ची खानेपानी उप आयोजना-२ आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले जनाएको छ ।
आज खुमलटार, मीनभवन, महांकाल र अनामनगर वितरण केन्द्रबाट ४ करोड लिटर पानी वितरण गरिने र दुई दिनपछि सुन्दरीजल र बालाजु वितरण केन्द्रबाट पनि पानी वितरण गरिनेछ ।
चैत २१ गते पानीपोखरी र बाँसबारीस्थित ट्यांकीबाट पनि पानी वितरण गरिने र त्यसदिन देखि दैनिक साढे आठ करोड लिटर पानी वितरण गर्ने योजना रहेको