फागु पर्वमा भीडभाड हुन नदिन कडाइ गरिने
काठमाडौँ, १३ चैत – फागु पर्वमा भीडभाड हुन नदिन कडाइ गरिने भएको छ ।
काठमाण्डौ उपत्यकासहित देशका मुख्य सहर बजारमा प्रहरीको संख्या बढाएर भीडभाडलाई रोक्ने तयारी भएको गृह मन्त्रालयले जनाएको छ ।
यसअघि गृह मन्त्रालयले सार्वजनिक ठाउँमा भीड गरेर पर्व तथा उत्सव नमनाउन र घरका सदस्यसँग मात्रै सीमित राखेर पर्व मनाउन आग्रह गरिसकेको छ ।
फागु पर्वमा भीड हुन नदिन काठमाण्डौ उपत्यकामा थप प्रहरी परिचालन गरिने भएको छ । चोकचोकमा प्रहरीलाई खटाइने छ ।
उपत्यका बाहिर भने स्थानीय पालिकासँग समन्वय गरेर भीडभाडलाई रोक्ने तयारी भएको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले बताउनुभयो ।
फागुमा भीडभाड गरेको पाइए कारबाही हुने पनि गृहमन्त्रालयले स्पष्ट पारेको छ ।
कोरोना भाइरसको जोखिम फेरि बढेकाले सरकारले जनस्वास्थ्यका मापदण्डलाई पालना गर्न आग्रह गर्दै आएको छ ।
काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा पर्सि आइतवार र तराईका जिल्लामा सोमवार फागु पर्व अर्थात मनाइँदै छ ।