प्रदेशका १ का नवनियुक्त मन्त्रीहरुलाई शपथ

मोरङ, १३ चैत – प्रदेश–१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले प्रदेशका नवनियुक्त मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । प्रदेश प्रमुख अधिकारीले प्रदेशका मुख्यमन्त्री शेरधन राईका नेतृत्वमा विसं २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानबमोजिम मुख्यमन्त्रीको सिफारिसमा मन्त्री तथा राज्यमन्त्री पदमा आज नियुक्ति, हेरफेर र कार्यविभाजन गर्नुभएको छ ।

प्रदेश प्रमुख अधिकारीले नवनियुक्त मन्त्री आर्थिक मामिला तथा  योजनामन्त्री टङ्क आङ्वुहाङ ९लिम्बू०, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगर, सामाजिक विकासमन्त्री उषाकला राई र भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

 यसैगरी मुख्यमन्त्री  राईले नवनियुक्त  उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझा र भूमि व्यवस्था राज्यमन्त्री कला घलेलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ ग्रहण समारोहमा प्रदेशका मन्त्री, कार्यालयका उच्चपदस्थ कर्मचारीको उपस्थिति  थियो । यसअघि २०७६ माघ ५ गते मुख्यमन्त्री राईले प्रदेश मन्त्रिमण्डल विस्तार गर्नुभएको थियो ।
Facebook Comments Box