पछिल्लो २४ घण्टामा देशभर थप १४५ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर थप १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा ३ हजार ९६३ जनाको पीसीआर परीक्षण गर्दा १४५ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ३८९ रहेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार १८२ रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ५२ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ९० जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ७२ हजार १८७ पुगेको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै अहिलेसम्म मृत्यु हुने को संख्या ३ हजार २० रहेको छ ।

Facebook Comments Box