४१ अंकले बढ्यो नेप्से, सेयरबजारमा साढे ६ अर्बको कारोबार

काठमाडौं, ११ चैत – आज सेयरबजार उकालो लागेको छ। बजार परिसूचक नेप्से ४१.३० अंकले बढेर २५ सय ७० दशमलव २५ अंकमा पुगेको छ।
क वर्गका कम्पनीको मापन गर्ने सेन्सिटिभ सूचक पनि ७.०६ अंकले बढेको छ।

बुधबार सेयरबजारमा २०८ कम्पनीको १ करोड ६९ लाख कित्ता सेयर बिक्री भएका छन्। दिनभरिमा ७२ हजार ९ सय ५७ पटकको खरिदबिक्रीमा ६ अर्ब ६७ करोड ४४ लाखको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

आज १३ समूहमध्ये जलविद्युत् समूहबाहेक बाँकी सबैको कारोबार सूचक हरियो छ।

बुधबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ। अन्तिम मूल्य ५ सय ८१ प्रतिकित्ता रहेको बैंकको ६५ करोडको कारोबार भएको छ।

त्यस्तै माथिल्लो तामाकोशीको ४१ करोड रुपैयाँको कारोबार भएको छ। नेपाल बंगलादेश बैंकको पनि आज ३४ करोडको कारोबार भएको छ। त्यस्तै हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको २५ र अपि पावरको १७ करोडको कारोबार भएको छ।

आज छ कम्पनीको सेयर उच्च दरमा बढेको छ। यसमा साल्ट ट्रेडिङको १० प्रतिशत, हाइड्रोइलेक्ट्रिसिटीको ९.९७ प्रतिशत, चन्द्रागिरिको ९.९५ प्रतिशतले सेयर बढेको छ। गुमाउने कम्पनीले आज ३.६० प्रतिशतसम्म अधिकतम गुमाएका छन्।

Facebook Comments Box