आज दिनभर देशका केहिठाउमा हल्लका देखी भारी वर्षा हुने सम्भावना : मौसम पूर्वानुमान महाशाखा
काठमाडौं, २० साउन – हाल देशका अधिकांश भूभागको मौसम सामान्यदेखि पूर्ण बदलीको अवस्था छ। प्रदेश १, २, बागमाती, गण्डकी र लुम्बिनी प्रदेशका केहि जिल्लामा बुधबार बिहानैदेखि हल्का देखि मध्यम वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिनभर प्रदेश १, २ र बागमती प्रदेशका केही स्थानमा सामान्य वर्षा हुने छ। त्यसैगरी गण्डकी, लुम्विनी र कर्णाली प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
अहिले मनसुनको समय भएकाले वर्षातको बेला पहाडी भूभागमा बाढीपहिरो र तराई क्षेत्रमा डुबानको जोखिम रहने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन पनि आम नागरिकलाई अनुरोध गरेको छ।
Facebook Comments Box

