डा. विश्व पौडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त
काठमाडौँ, १२ साउन – आज बसेको मन्त्रिपरिषद बैठकले डा. विश्व पौडेललाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ। बैठकले अरु दुई जना सदस्य पनि नियुक्त गरेको छ।
पौडेलले यसअघि स्वर्णिम वाग्ले उपाध्यक्ष रहँदा आयोगको सदस्य भएर काम गरेका थिए। उनी अर्थतन्त्रबारे नियमित अखबारी लेखनमा समेत सक्रिय छन् । बैठकले आयोगको सदस्यहरूमा रामकुमार फुँयाल र दिलबहादुर गुरुङलाई नियुक्त गरेको छ ।
Facebook Comments Box

