मन्त्रिपरिषद् बैठकले प्रभुराम शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय

काठमाडौँ, १२ साउन – सरकारले प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।

शर्माले हाल सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका थिए । हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदैछन् । अवकाशको एक महीना अघि विदा बस्ने परम्परा अनुरुप उनले २४ साउनबाट विदा बस्ने तयारी गरेका छन् ।

थापा विदा बसेबाट लागू हुने गरी शर्मालाई कामु सेनापतिको जिम्मेवारी दिन सिफारिस गरिएको स्राेतको भनाइ छ । थापाको औपचारिक विदाइ भने २५ भदौमा हुनेछ ।

Facebook Comments Box