काठमाडौँ उपत्यकामा ७७४ जना सहित देशभर थप ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १२ साउन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७७४ जना सहित देशभर थप ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४७५, भक्तपुरमा १३२ र ललितपुरमा १६७ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा १२ हजार ६५५ आरटी पीसीआर तथा ४ हजार ८६३ एन्टीजेन परिक्षण सहित १७ हजार ५१८ जनाको परिक्षण गर्दा ३ हजार ८९९ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ७ लाख ४२ हजार ८१७ रहेको छ भने सक्रिय संक्रमितको संख्या २८ हजार ८३६ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार ७७८ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख ४७ हजार ७९ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ७५८ रहेको छ

