काठमाडौँ उपत्यकामा ९९९ जना सहित देशभर थप ३ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ११ साउन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ९९९ जना सहित देशभर थप ३ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६७७, भक्तपुरमा १२५ र ललितपुरमा १९७ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा १२ हजार २४० आरटी पीसीआर तथा ५ हजार ३२ एन्टीजेन परिक्षण सहित १७ हजार २७२ जनाको परिक्षण गर्दा ३ हजार ४२१ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ७ लाख ३८ हजार ९१८ रहेको छ भने सक्रिय संक्रमितको संख्या २७ हजार ९०८ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार ६८६ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख ४५ हजार ३०१ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ७३८ रहेको छ

Facebook Comments Box