काठमाडौँ उपत्यकामा ६१५ जना सहित देशभर थप ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ९ साउन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६१५ जना सहित देशभर थप ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४२१, भक्तपुरमा ८६ र ललितपुरमा १०८ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा १० हजार ६२५ आरटी पीसीआर तथा ४ हजार २८५ एन्टीजेन परिक्षण सहित १४ हजार ९१० जनाको परिक्षण गर्दा ३ हजार ११४ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ७ लाख ३३ हजार २६० रहेको छ भने सक्रिय संक्रमितको संख्या २७ हजार ७५७ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप २ हजार १९७ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख ४१ हजार ५६५ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ६९५ रहेको छ

