एमालेमा कार्यदल ब्यूतियो कार्यदलको बैठक ६ बजेपछि सिंहदरबारमा बस्दै

काठमाडौँ, २१ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि निष्क्रिय भएको कार्यदलको बैठक बस्दै छ।

बैठक ६ बजेपछि सिंहदरबारमा सुरु हुने कार्यदलका सदस्य घनश्याम भूसालले जानकारी दिए। गएराति प्रधानमन्त्री ओली र एमाले उपाध्यक्ष भीम रावलबीच भएको भेटमा रावलले कार्यदल ब्युँताउनुपर्ने बताएका थिए।

जवाफमा ओलीले त्यसबारेमा सोच्न सकिने बताएका थिए। सोमबार दिनभर कार्यदलका सदस्यहरुबीच भएको छलफलमा कार्यदल ब्युँताउने सहमति भएको हो।

दोस्रो तहका नेताहरुसितको संवादमा वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलले सहमतिको खाका ल्याएपछिमात्रै ओलीसँग बैठक बस्न सकिने बताएपछि कार्यदल ब्युँतिएको हो।

Facebook Comments Box