काठमाडौँ उपत्यकामा ५१४ जना सहित देशभर थप २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १४ असार – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५१४ जना सहित देशभर थप २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३५५, भक्तपुरमा ४७ र ललितपुरमा ११२ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ६ हजार ६४८ आरटी पीसीआर तथा ४ हजार ९९२ एन्टीजेन परिक्षण सहित ११ हजार ६४० जनाको परिक्षण गर्दा २ हजार ४४४ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ६ लाख ६८ हजार २२१ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३७ हजार ९५० रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप ५ हजार ४५५ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ५ लाख ८८ हजार १८७ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ५१ रहेको छ

Facebook Comments Box