आज देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौँ । माथिल्लो वायुमण्डलमा सक्रिय न्यूनचापीय प्रणालीको प्रभावले देशको मौसममा आंशिक बदली देखिएको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। देशका अन्य भूभागको मौसम भने मुख्यतया सफा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहीबार पनि देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
Facebook Comments Box

